Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिना टेन्डर कराेडाैँको सामान खरिद : अख्तियारमा उजुरी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिना टेन्डर कराेडाैँको सामान खरिद : अख्तियारमा उजुरी

काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिना टेन्डर कराेडाैँको सामान खरिद गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ। प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्य पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मा एवम अस्पतालका लेखा अधिकृतको मिलेमतोमा आफूखुशी सामान खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

दुई महिना यता अस्पतालमा ५० करोड भन्दा बढी रकमको सामान आइसकेको उजुरी पत्रमा उल्लेख छ। निक साइमन्स नामक संस्थाले अनुदानमा दिएको सामानका लागि सबै कागजात मिलाउने काम अस्पातलले नै गरेको पनि उजुरीमा उल्लेख छ। अस्पतालले ठुलो कमिसन राखेर कम्पनीसँग आफै डिल गरेको पनि उजुरी  पत्रमा उल्लेख छ ।

स्रोतका अनुसार ‘निक साइमन्सले उपकरणहरू डोनेसनमा दिएको हो। तर यहाँ सामान किन्ने र कम्पनी छनोट गर्ने काम सबै अस्पतालले नै गरेको छ। कुन सामान  कहाँ किन्ने भन्ने अस्पतालले निर्णय गरी रकम मात्र डाइरेक्ट निक साइमन्सले तिर्ने गरेको स्रोतको दाबी छ । अस्पतालकाे खातामा पैसा आउँदा अप्ठेरो पर्ने र टेन्डर आव्हान गर्नुपर्ने भएकाले सामानको सिधै पैसा तिर्न लगाइएको हुनसक्ने देखिन्छ । डोनेसनको सामान लिनका लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति लिनुपर्ने भए पनि अस्पतालले यसका लासि कुनै स्विकृति नलिएको पनि उजुरी पत्रमा उल्लेख छ ।

यो विषयमा जानकारी लिन खोज्दा प्रतिष्ठानका रजिष्टार आचार्यले निक साइमन्सले सामान अनुदानमा दिएको तर रकम भने बताउन नसक्ने भन्दै पन्छिन खोजे। उनले अहिले आफू बाहिर भएकाले कति रकमको सामान आइसक्यो भन्ने एकिन नभएको प्रतिक्रिया दिए। उनले चाहिने सामान यहाँ पाइन्छ मात्र भनेकाे यही कम्पनीकाे चाहिन्छ भनेर उल्लेख नगरेकाे बताए ।

अस्पतालमा डोनेसनको सामान कि नगद कि उपकरण आउने गर्छ । रकम आए अस्पतालले टेन्डर आह्वान गरेर सबै सामान खरिद गर्नुपर्छ। सामान दिने हो भने सिधै सामान दिने हो। त्यसमा अस्पतालको खासै भूमिका हुँदैन। तर यहाँ अहिले सम्पूर्ण कागजात अस्पतालले तयार गरेर पैसा मात्र निक साइमन्सलाई तिर्न लगाइएको र होटलमा बसेर कम्पनीसँग कमिसनकाे डिल भएकाे स्रोतकाे  दाबी छ।

अस्पतालले अहिले जीई हेल्थ केयर, हस्पिटेक इन्टरप्राइजेज, बायोमेड इन्टरनेसनल, ग्लोबल मेडिलिंक जस्ता कम्पनीबाट सामान खरिद गरिरहेको  छ। आईसीयू बेड, भेन्टिलेटर, इमरजेन्सी बेड, रिट्रेक्टर लगायतका झण्डै ५० करोड बराबरको सामान अस्पतालमा भित्रिसकेको छ। अझै थुप्रै सामान आउने क्रममा रहेको बुझिएको छ। यो सामान खरिदका लागि कागजात मिलाउन अस्पतालका केही स्टाफको समेत संलग्नता रहेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार