श्रीलंकामा डेंगुले ४७ जनाको मृत्यु
श्रीलंकामा यो वर्षको सात महिनामा डेंगुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ।
विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेंगु देखिएको छ। राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेंगु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ।
इपिडिमियोलोजी एकाइले देशका पाँच जिल्लामा डेंगुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ। राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेंगुको संक्रमण छ।
श्रीलंकामा गत वर्ष ५० जनाभन्दा बढीको मृत्यु डेंगुकै कारण भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए। एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने यस रोगबाट श्रीलंका हरेक वर्ष प्रभावित हुने गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?