शुक्रराज अस्पताल अन्यत्रै सार्ने सरकारकाे प्रस्ताव
काठमाडौं : सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्यत्र सार्ने प्रस्ताव ल्याएको छ।
हाल अस्पताल रहेकाे ठाउँमा व्यस्तता बढ्दा यहाँ आउने बिरामीको रोग अरूलाई पनि सर्ने जोखिम र ठाउँ अभाव भएकाले अस्पताल अन्यत्र सार्ने प्रस्ताव गरिएको सरकारको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको मन्त्रालयस्तरीय विकास समाधान समिति बैठकमा सो प्रस्ताव अघि सारिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले गत शुक्रबार बसेको मन्त्रालयस्तरीय विकास समतिको पूर्वबैठकले तय गरेको १४ बुँदे प्रस्तावबारे छलफल गरेको छ।
छलफलको एक बुँदा शुक्रराज सरुवा रोग अस्पतालसमेत सार्ने प्रस्ताव पनि छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?