सामुदायिक अस्पताललाई १२ राेपनी जग्गा दान
सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ। अस्पताल निर्माणका लागि १२ रोपनी जग्गा प्राप्त भएको अभियन्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिए।
सल्लेरीमा सञ्चालित सोलु हेल्थ केयर सेन्टरले १६ लाख रुपैयाँमा खरिद गरेको उक्त जग्गा अस्पताललाई दान गरेको सेन्टरका अध्यक्ष क्षितिज नकर्मीले जानकारी दिए। निजी लगानीमा सञ्चालित हेल्थ केयर सेन्टरले दुर्गम क्षेत्रमा सामुदायिक अस्पताल आवश्यक पर्ने महसुस गरी सहयोग गरेको अध्यक्ष नकर्मीले बताए।
सोलुखुम्बुसहित माथिल्लो सगरमाथा क्षेत्रका बिरामीलाई समेत सहज, गुणस्तरीय र बिरामीमुखी स्वास्थ्योपचार गर्न सामुदायिक अस्पताल निर्माणको परिकल्पना गरिएको अभियन्ता डा. बस्नेतको भनाइ छ। करिब १५ करोड रूपैयाँ लागतमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधिसहित विषेशज्ञस्तरीय सेवा दिने बताइएको छ।
२०८० सालसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको र अस्पताल निर्माणपछि १० वर्षसम्म निःशुल्क सेवा गर्न तयार रहेको डा. बस्नेतले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?