‘विद्यालय जाने उमेरमा हामी अस्पतालकाे बेडमा ऐया ऐया भन्दै बस्न बाध्य छौँ’
ललितपुर : हेरिटेज गार्डेनमा शनिबार नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर विजेता बालबालिकालाई लिएर ‘र्याम्प’ वाकको आयोजना गर्यो।
उक्त र्याम्प वाकमा ५० बालबालिका सहभागी थिए। तीमध्ये पोखराका १३ वर्षीय रिन्पो योल्मोले आफूलाई क्यान्सर लागेको र उपचार अनुभूति सुनाए।
उनका कुरा सुनेर कार्यक्रममा आएका धेरैको आँखा रसाए। रिन्पोले कसैलाई पनि रहरले क्यान्सर नलाग्ने भन्दै यो रोगसँग आफू लडिरहेको बताए। क्यान्सर लाग्याे यसमा मेराे के दाेष छ र ? उनले भने ।
दुई वर्षअघि ब्लड क्यान्सर भएका रिन्पो त्यसयता विद्यालय जान नपाएकोमा निकै दुःखी देखिन्थे। आफू सँगैका साथीहरु झोला बोकेर विद्यालय गएको देख्दा आफूलाई पनि जान मन लाग्ने उनले सुनाए।
उनको उपचार कान्ति बाल अस्पतालमा भइरहेको छ । किमोथेरापी अझै बाँकी रहेकाले पनि उनी इन्फेक्सन हुन सक्ने भएकाले विद्यालय जान पाएका छैनन्।
‘साथीहरू विद्यालयमा पढिरहेका हुन्छन्। हामी अस्पतालको बेडमा ऐया ऐया भन्दै सुईको दुखाइ सहन बाध्य छौँ’, उनले भने, ‘तर पनि हामी एकदिन निको हुन्छौँ। उनले भने।
हेर्नुहोस् भिडियो–





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?