उच्च रक्तचापले पत्रकार थापाको मृत्यु
जाजरकाेट : नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ।
उच्च रक्तचापका बिरामी थापालाई शनिबार दिउँसो जाजरकोट अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो।
कुशे गाउँपालिका–५ दम्दालका ४० वर्षीय थापा उनी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय नेपाल पोस्ट खबर डटकममा आबद्ध थिए। स्व. थापाका श्रीमती, छाेरा र दुई छाेरी छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त