निमाेनियाले वडाध्यक्षकाे निधन
भोजपुर : पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ। निमोनिया भएका ७२ वर्षीय पाण्डेको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो।
निमोनिया भएपछि पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो। जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
उपचारका क्रममा शनिबार साँझ उनको मृत्यु भएको पौवादुङ्मा गाउँपालिकाले जनाएको छ। पाण्डे नेपाली कांग्रेसका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?