डा. प्रकाशराज रेग्मी ‘हार्ट हिरो -२०१९’ बाट सम्मानित
काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मी ‘हार्ट हिरो – २०१९’ बाट सम्मानित भएका छन्। मुटुरोगका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।
डा रेग्मीलाई गत साता एक कार्यक्रम गरी नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट हार्ट हिरो २०१९ घोषणा गरेको हो । यो सम्मान पश्चात डा रेग्मीले जेनेभामा रहेको विश्व मुटु महासंघले निर्माण गर्ने हार्ट हिरो सञ्जालमा रहि विश्वव्यापी रुपमा मुटुरोग रोकथाम अभियानमा सहभागी भई काम गर्नुपर्नेछ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा मुटुरोगबाट हुने युवा मृत्युदरलाई २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । यसै सन्दर्भमा, विश्व मुटु महासंघले मुटुरोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रत्येक देशको सदस्य संस्थाबाट एकजना यस क्षेत्रमा विशेष योगदान दिएका व्व्यक्तिलाई हार्ट हिरो–२०१९ घोषणा गर्ने र यि हार्ट हिरोहरुको विश्वव्व्यापी सञ्जाल बनाई मुटुरोग रोकथाम र नियन्त्रण अभियान चलाउने पहल गरेको छ । यही सन्दर्भमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट डा.रेग्मीलाई हार्ट हिरो २०१९ घोषणा गरेको हो ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त