प्रदेश १ का ४२ सामुदायिक विद्यालयमा थपिँदै नर्स
विराटनगर : प्रदेश १ मा ‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम ४२ वटा निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयमा थप गरिएको छ।
सामाजिक विकास मन्त्रालयले विद्यालय तहमा कार्यक्रम प्रभावकारी बनेपछि अन्य सामुदायिक विद्यालयमा पनि ‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम विस्तार गरेकाे हो।
मन्त्रालयले चार करोड रुपैयाँ बजेट विनियोजन गरी स्थानीय तहको सहकार्यमा यसै आर्थिक वर्षदेखि थप ४२ सामुदायिक विद्यालयहरूमा कार्यक्रम विस्तार गरेको मन्त्रालयका जनस्वस्थ्य महाशाखाकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेले बताइन्।
किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो।
प्रदेश १ सरकारले पहिलो चरणमा प्रदेशका १४ जिल्लाका एक विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको छ।सामुदायिक विद्यालयमा नर्स राखी त्यहीबाट निःशुल्क औषधिसहितको सम्पूर्ण प्राथामिक उपचार गरिन्छ। यस्तै परिवर्तित जीवन शैली, खानपान, रहनसहन, प्रजनन स्वास्थ्य शिक्षा जस्ता विषयको ज्ञान दिइन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित