दाङमा प्रसूति सेवा लिनेमा १९ प्रतिशत २० वर्षमुनिका
दाङ : राप्ती प्रादेशिक अस्पताल गत आर्थिक वर्षमा साढे पाँच सयभन्दा बढी २० वर्षमुनिका आमा बनेका छन्।
अस्पतालमा सुरक्षित रूपमा सुत्केरी सेवा लिने दुई हजार ९९४ जनामध्ये ५६८ जना २० वर्षमुनिका रहेका अस्पतालले जनाएको छ। तीमध्ये १५ वर्षसम्मका ६, १६ वर्षसम्मका ३१, १७ वर्ष सम्मका ९९, १८ वर्ष सम्मका २०९ र १९ वर्षसम्मका २२३ जना रहेकाे अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए।
अस्पतालको तथ्यांकअनुसार कम उमेरमा आमा बन्ने किशोरीको अनुपात १९.०३ प्रतिशत रहेको छ। तर, २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्न पाउने कानुनी प्रावधान छ। कम उमेरमा आमा बन्दा मानसिक र शारीरिक रूपमा गम्भीर समस्या आउन सक्ने स्त्रीरोग बताउँछन्।
कम उमेरमा बच्चा जन्माउँदा महिलामा, पाठेघर खस्ने, क्यान्सर हुने, शारीरिक कमजाेरी र रक्तश्राव भएर ज्यानै जानेसम्मको जोखिम हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?