प्रभावकारी बन्दै सामुदायिक स्वास्थ्य एकाइ सेवा
चितवन : ग्रामीण भेगतिर प्रायः रोग बढ्दै गएपछि मात्र अस्पताल जाने चलन छ। तर अचेल गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएपछि स्वास्थ्यमा सामान्य समस्या आउनेबित्तिकै जँचाउन जाने क्रम बढेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–७ मा सामुदायिक स्वास्थ्य एकाइ स्याङदीबाट सेवा दिन शुरु भएपछि जाँच गराउन आउनेको संख्या बढेको अहेब सञ्जु सिंखडाले बताइन्।
सेवा शुरु गरेको असार महीनामा १९१ ले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । साउन १ गतेदेखि १५ गतेसम्ममा ११८ ले स्वास्थ्य जाँच तथा उपचार गराएको अहेब सिंखडाले जानकारी दिइन्।
यहाँ जनजाति सीमान्तकृत चेपाङ र दलित समुदायको बसोबास छ। जनचेतनाको अभावले उनीहरू पनि स्वास्थ्य संस्थासम्म जाँदैनन्। यहाँका स्थानीयवासी उपचारका लागि कालिका नगरपालिका तथा भरतपुर जान बाध्य छन्। समयमा सवारीसाधन नपाउँदा घण्टौँसम्म हिँडेर जानुपर्ने बाध्यता पनि छ। सामुदायिक स्वास्थ्य एकाइ स्थापनापछि यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज भएको छ।
यसअघि सामान्य रुघाखोकी, ज्वरो आउँदा घाउचोट लाग्दासमेत घण्टौँसम्म हिँडेर कालिका नगरपालिका नै पुग्नुपर्ने बाध्यता रहेको थियो । यहाँ अहिले दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?