झापामा बढे सर्पदंशका बिरामी
झापा : गर्मी बढेसँगै जिल्लामा सर्पदंशका घटना बढेका छन्। दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा २०० का हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएका थिए। यहाँ जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गङ्गाराज उप्रेतीले जानकारी दिए।
केन्द्रमा एक मेडिकल अफिसर, एक एनेस्थेसिया र अन्य छ प्राविधिक स्वास्थ्यकर्मीले चाैबिसै घण्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै आएका छन्। केन्द्रमा १३ शय्या राखिएका छन्।
यता श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कनकाई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन्।
सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ। यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको र बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?