बालबालिकामा हुने क्यान्सर सम्बन्धी जनचेतनाका लागि ‘र्याम्प वाक’
काठमाडौं : नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर ‘र्याम्प वाक’ हुने भएको छ । विहिबार नेपाल क्यान्सर अस्पतालमा भएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।
बालबालिकामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउनका लागि गरिएको उक्त र्याम्प वाकमा क्यान्सरको उपचार गराइरहेका र उपचार पछि निको भएका २ वर्षदेखि १८ वर्षसम्मका ५० जना बालबालिका सहभागी हुने कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन । र्याम्प वाक आगामी शनिबार ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।
यसअघि क्यान्सरबारे जनचेतना जगाउन समूहले नेपालमा पहिलोपटक सर्भाइभरहरुको र्याम्प सो गरेको थियो । नेपालमा १० देखि ११ हजार बालबालिकामा क्यान्सर रोग भएको अनुमान गरिएको छ । बालिबालिकाको ८० प्रतिशत क्यान्सर उपचार पछि पूर्ण रुपमा निको हुने भए पनि उपचारमा ढिला आउने गरेका कारण समस्या हुने गरेको बताइन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?