६६ प्रतिशत आमाले मात्र शिशुलाई ‘पूर्ण स्तनपान’ गराउँछन्
काठमाडौं : ‘आमाबाबुको सक्षमता स्तनपानको सफलता’ भन्ने नारासहित यो वर्षको स्तनपान सप्ताह विहिबार शुरु भएको छ।
सप्ताहकै अवसरमा परिवार कल्याण महाशाखाले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा विज्ञहरुले बालबालिकालाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व आमाको दूधबाट मात्र पाइने हुँदा बच्चालाई जन्मेदेखि ६ महिना सम्म पूर्ण स्तनपान र दुई वर्षसम्म नियमित स्तनपान गराउन जरुरी रहेको बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा शुसिलनाथ प्याकुरेलले स्तनपानबारे आमा स्वंयपनि सचेत हुन जरुरी रहेको बताए। ‘कतिपय आमाले स्तनपान गराउने तरिका थाहा नपाउँदा दुध आएन भनेर बच्चालाई बट्टाको दुध खुवाउने गरेका छन्। यसलाइ हामीले गम्भीरता पूर्वक हेर्नुपर्छ, उनले भने।
पूर्ण स्तनपान गराउने ६६ प्रतिशत
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ‘पूर्ण स्तनपान’ गराउनेको संख्या जम्मा ६६ प्रतिशत छ । यसैगरी शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र छ । यसैगरी शिशु जन्मिनेबित्तिकै १० मध्ये तीन जनालाई घिउ–मह चटाउने गरिएको पाइएको छ। शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने आमाको संख्या एक प्रतिशत छ।
स्तनपान बच्चाको लागि पहिलो खोप हो भन्ने थाहा हुँदाहुँदै पनि अझै पनि ४५ प्रतिशत आमाले शिशु जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउँदैनन्। त्यस्तै ३४ प्रतिशत आमाले बच्चालाई पूर्ण स्तनपान गराइरहेका छैनन्। जन्मेदेखि छ महिनासम्म बच्चालाई पानी पनि नदिई आमाको दूध मात्र खुवाउनुलाई ‘पूर्ण स्तनपान’ भनिन्छ।
कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले बच्चाको पहिलो खोप नै आमाको दुध भएकाले यसबारे आमाहरु पनि सचेत हुन जरुरी रहेको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित