सुमेरु अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरु
काठमाडौं : ललितपुरस्थित धापाखेलमा रहेको सुमेरु अस्पतालले मिर्गौला प्रत्यारोपण शुरु गरेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।
३४ वर्षीय विकास गुरुङ र ३० वर्षीय शुक्रानी योञ्जनको सफल मिर्गौला प्रत्यारोपण गरिएको डा काफलेले बताए ।
गुरुङलाई उनकी श्रीमतीले मिर्गौला दिएकी हुन भने शुक्रानीलाई आमाले मिर्गौला दिएकी हुन्। दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको पनि डा काफ्लेले बताए । उनले भने, ‘प्रत्यारोपणका लागि सरकारले दिने गरेको ४ लाख रुपैयाँमा नै हामीले प्रत्यारोपण गरेका हौं ।’
बिरामीलाई डाइलाइसिसको सकसबाट हटाउन अस्पतालले अबदेखि प्रत्यारोपणलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?