काभ्रेकाे एकमात्र सरकारी अस्पतालमा रेबिज भ्याक्सिन
काभ्रे : नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेबिज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ ।
अस्पतालमा चाैबिसै घण्टा रेबिज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले बताए।
जिल्लाको एक मात्र सरकारी उक्त अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ।
अस्पतालमा नगरपालिकाको सहयोगमा २४सै घण्टा स्वास्थ्य प्राविधिक राखिएको तथा विद्युत् अभावमा ७२ घण्टासम्म भ्याक्सिन सुरक्षित गर्ने फ्रिजको समेत व्यवस्था गरिएको काफ्लेले जानकारी दिए। उनका अनुसार गुणस्तरीय सेवाका लागि थप स्वास्थ्य प्रविधिक राख्न सोसम्बन्धी तालिम आयोजना गर्न लागिएको छ ।
नगरप्रमुख टङ्कप्रसाद शर्माले यस भेगका बासिन्दाले रेबिजविरुद्धको भ्याक्सिनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने बताए।
प्राथमिक स्वास्थ्यचौकीलाई २०६६ मा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। अस्पतालले चाैबिसै घण्टा अन्तरङ्ग–बहिरङ्ग सेवा, गर्भ जाँच तथा प्रसूति सेवा उपलब्ध गराउँछ। काभ्रेपलाञ्चोकमा हालसम्म जिल्ला अस्पताल छैन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?