बच्चा जन्माउन नसकी सुत्केरीकाे मृत्यु
हुम्ला : सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं. ४ साँयागाउँकी २० वर्षीया अनरुपा टमटाको मृत्यु हो।
सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृह ल्याइए पनि उपकरण अभावमा उनको मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए।
बुधबार बिहान सुत्केरी व्यथा लागेसँगै टमटालाई स्वास्थ्यचौकी लगिएको थियो। बच्चा जन्माउन नसक्दा उनको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए।
दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा औषधि, उपकरण नहुँदा सुत्केरीले ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरू जाेखिममा रहने गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?