चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ११ जनाको उम्मेदवारी
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ११ जना डाक्टरहरुले दरखास्त हालेका छन् । खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समिति समक्ष उनीहरुले दरखास्त हालेका हुन् ।
यसअघि दरखास्त हालेका व्यक्तिहरु अयोग्य भएको भन्दै सूचना बदर गरेर उपाध्यक्ष नियुक्ति गर्न समितिले साउन १ गते दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको थियो। आवेदन दिने मिति साउन १५ अर्थात आजसम्म थियो ।
यसरी दरखास्त दिनेहरुमा प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द्र शेरचन, प्राडा जेएन पाण्डे हिमाली, प्राडा यहुनचन्द्र सिवाकोटी, प्राडा तरुण पौडेल र प्राडा राजेन्द्रप्रसाद साह छन् । यसैगरी अघिल्लोपटक दरखास्त हालेका प्राडा श्रीकृष्ण गिरी, डा निलमणि उपाध्याय , प्राडा पारसकुमार पोखरेल प्राडा रमेशप्रसाद सिंह, र प्राडा प्रमोदकुमार शर्माले पनि पुन दरखास्त दिएका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त