जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा
काठमाडौं: प्रदेश ५ सामाजीक विकास मन्त्रालयले एक बर्षमा ८४ बर्षभन्दा बढी उमेरका ७ हजार ८सय ६५ जना ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको बताएकाे छ ।
प्रदेश ५ सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्धारा २०७५–७६ मा भएका मुख्य उपलब्धीहरुको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।
जेष्ठ नागरिकलाई उनीहरुको घरमै गएर स्वास्थ्य सेवा दिंदा उनीहरुले निकै सहज महशुस गरेकाे समेत मन्त्रालयले जनाएकाे छ ।
कार्यक्रममा मन्त्रालयले वार्षिक प्रगति विवरण समेत प्रस्तुत गरेकाे थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?