जापानमा गर्मीले ११ जनाको मृत्यु, छ हजारभन्दा बढी अस्पताल भर्ना
जापानमा अत्यधिक गर्मीका कारण एक सातामा ११ जनाको मृत्यु भएको छ।
गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएको अधिकारीहरूले बताएका छन्। जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित भएको हो।
गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखी उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन्।
गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जना अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ।अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत ६५ वर्षमाथिका रहेको बताइएको छ ।
मङ्गलबार पनि जापानमा तापक्रम बढेको सिन्ह्वाले जनाएको छ। मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मंगलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ। टोकियो नजिकका क्षेत्रहरू कुमागाया, साइतामा र क्योतोमाढी वरपर पनि ३६.८ सेल्सियस भन्दा बढी तापक्रम मापन भएको बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?