रेबिजविरुद्धको खोप अभाव
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा रेबिजविरुद्ध खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। स्वास्थ्य सेवा विभागले पठाउन ढिलाइ गरेकाले सुई अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीले जानकारी दिए।
साउनको शुरुआतदेखि नै अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको हो। भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउँछन्।
अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता छ। निजी क्लिनिकमा एउटा खोपको कम्तीमा ५०० रुपैयाँ पर्छ। कुकुरले टोकेका बिरामीले चार वटा सुई लगाउनुपर्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?