प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने भएका छन्। उनी उपचारका लागि सिंगापुर जान लागेको उनका निजी चिकित्सक प्राडा दिब्या सिंह शाहले बताइन।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक साता देखि नै सामान्य समस्या आइरहेको समेत उनले जानकारी दिइन । उनले भनिन, ‘सिरियस त्यस्तो केही छैन नियमित जाँच र केही आरामका लागि सिंगापुर जान हामी चिकित्सकहरुले नै सल्लाह दिएका हौं । यहाँ वहाँको अति नै कार्य ब्यस्तताले गर्दा आराम गर्न पाइरहनुभएको छैन्। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले आफनो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ तर उहाँले पछिल्लो समय आराम समेत गर्न पाइरहनुभएको छैन्।’ उनले थपिन।
तीन दिन अघि प्रधानमन्त्री ओलीले सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परिक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसँग शनिबार उनकी निजी चिकित्सक एवम मिर्गौला रोग विशेषज्ञ प्राडा दिब्या सिंह शाह पनि सिंगापुर जाँदैछिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?