जंगली च्याउ खाँदा बुहारीकाे मृत्यु, सासू उपचाररत
विराटनगर : जंगली च्याउ खाएर बिरामी परेकी पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ की ४८ वर्षीया सुनिता चेम्जोङको मृत्यु भएको छ।
विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रदेश १ प्रहरीले जनाएको छ।
गत साउन ७ गते सासू सन्तमायाले जंगलबाट च्याउ ल्याएकी थिइन्। सोही च्याउ खाँदा सासू बुहारी दुवैजना बिरामी परेका थिए।
सन्तमायाको उपचार मनमोहन अस्पताल बिर्तामोड झापामा भइरहेको जानकारी प्रहरीले जनाएको छ। सुनितालाई त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित