हेलिकोप्टरमार्फत १० गर्भवतीको उद्धार
सुर्खेत : कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा हेलिकोप्टरमार्फत १० गर्भवतीको उद्धार गरिएको छ।
स्थानीय स्वास्थ्य संस्थाको सिफारिसका आधारमा सामाजिक विकास मन्त्रालयले उच्च जोखिममा परेका गर्भवतीलाई सुरक्षित सुत्केरीका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
यो सेवा लिनेहरुमा हुम्लाबाट सात, मुगु, डोल्पा र सुर्खेतबाट एक\एक जना छन्। स्वास्थ्य निर्देशनालयले हवाई उद्धारका लागि २५ लाख ५९ हजार ७०२ रुपैयाँभुक्तानी गरिसकेको जनाएको छ ।
सुरक्षित सुत्केरीलाई हेलिकप्टरमार्फत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल र काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?