चिकित्सक अभावमा मुटुरोग उपचार सेवा प्रभावित
बाँके : भेरी अस्पतालमा क्याथ ल्याब सेवा प्रभावित भएको छ। विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको सो सेवा बजेट र जनशक्ति अभावका कारण प्रभावित भएको हो।
अस्पतालमा मुटुरोग उपचारका लागि २०७४ असारमा करिब छ करोड ५० लाखको लागतमा अस्पतालमा क्याथल्याब मेसिन जडान गरिएको थियो। अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी नहुँदा सेवा प्रभावित भएको छ।
अस्पतालमै दरबन्दी भएका नवौँ तहका मुटुरोग विशेषज्ञ डा. कृष्ण अधिकारीको बढुवा भएर एघारौँ तह पुगेपछि नवौंँ तहको मुटुरोग विशेषज्ञ पद खाली भएको छ। बढुवा भएका डा. अधिकारीको समायोजनका क्रममा वीर अस्पतालमा सरुवा भइसकेको छ । स्वास्थ्य मन्त्रालयले उनको ठाउँमा मुटुरोग विशेषज्ञ अझै पठाएको छैन।
सेवा सञ्चालन गर्नकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ कर्मचारी करारमा छन्। सेवा सञ्चालनका लागि बजेट निकासा भएर नआएको भन्दै अस्पताल व्यवस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरूलाई यो महिनादेखि तलब भत्ता दिन नसक्ने जनाएको छ।
बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा. रूपानन्द अधिकारीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण