क्यान्सरका बिरामीलाई प्रदेश सरकारको सहयोग
सुर्खेत : कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग गरेको छ। मन्त्रालयले गत आर्थिक वर्ष २०७५\७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई तीन लाख ६५ हजार रुपैयाँ प्रदान गरेको हो।
मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले गत वर्षको वार्षिक कार्यक्रमअनुसार आर्थिक सहायता प्रदान गरिएको जानकारी दिए। आन्द्रा, पिसाबथैली, फोक्सो, ब्रेन ट्युमर, स्तन, पाठेघर र ब्लड क्यान्सर भएका ती बिरामीलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा सहायता रकम प्रदान गरिएको हो ।
प्रवक्ता अधिकारीका अनुसार सहायता पाउनेमा हुम्ला ओदानचुलीका लोकबहादुर फडेरा, ताजाकोटका पुनिमल बुढा, खार्पुनाथका मोतीलाल जैसी, सुर्खेत बराहतालका तीर्थबहादुर गौतम र वीरेन्द्रनगरका बासुदेव जिसी छन्। यस्तै पञ्चपुरीका मनरूपी सुवेदी, चौकुनेका पुष्कलप्रसाद खनाल, मुगु सोरुका बाली जैसी, महाबु दैलेखका जयन्ती सिंह, दुल्लुका गायत्री उपाध्याय र कालीकोट रास्कोटका परिमल कामीले पनि सहयोग पाएका छन्।
उनीहरूलाई जनही २५ हजारदेखि ४० हजाररूपैयाँ प्रदान गरिएको मन्त्रालयले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?