पत्रकार शर्मालाई बोनम्यारो प्रत्याराेपण गर्न रकम जुट्दै
सुर्खेत : तीन महिनादेखि बोनम्यारोबाट थलिएका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि सहयोग जुट्न थालेको छ। रकम अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र शर्मा कार्यरत पत्रिकाले सहयोगको घोषणा गरेका हुन्।
महासङ्घले ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो। यसका लागि महासंघले सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खाता खोलेको छ।
खाता खोलिएसँगै संसदीय मामिला पत्रकार समाजले २५ हजार, अध्यक्ष भारतीले १५ हजार तथा महासङ्घका पदाधिकारीले प्रतिव्यक्ति पाँच\पाँच हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
यस्तै शर्मा कार्यरत पत्रिका साझा बिसौनी दैनिकले एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ। पत्रिकामा कार्यरत कर्मचारीले एक महिनाको पारिश्रमिक प्रदान गरेका छन्। भारतको अहमदावाद अस्पतालमा २३ वर्षीय शर्माको उपचार भइरहेको छ। चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्न १५ लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?