सीएमसीले दियो एक वर्षमा चार लाखलाई सेवा
चितवन : चितवन मेडिकल कलेज (सीएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।
आर्थिक वर्ष २०७५\०७६ मा बहिरङ्ग सेवा (ओपीडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिएको अस्पतालले छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले यो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिए।
यो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिएका छन्। भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले बताए।
अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको पनि जानकारी दिइयो।
अस्पतालले ७०० शय्याको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दाबी गरे।
यसैबीच अस्पतालले विश्व हेपाटाइटिस डे को अवसर पारेर आइतबार कलेजो रोगको बहिरङ्ग (ओपीडी) सेवा शुरु गरेको छ। अस्पतालका अनुसार चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलले दैनिकरूपमा यो सेवा दिनेछन्।
अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृतिसमेत पाइसकेको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए। कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै उनले अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य न्यौपानेले बताए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त