सुदूरपश्चिमका ठूला अस्पताल : न दरबन्दीअनुसार चिकित्सक, न बिरामीअनुसार शय्या
धनगढी : सुदूरपश्चिम प्रदेशका ठूला सरकारी अस्पतालको अवस्था दयनीय छ। सेती अञ्चल अस्पताल ३५ वर्षअघिकाे दरबन्दीमा चलिरहेको छ।
२३ विशेषज्ञ चिकित्सकको दरबन्दीमा १४ जनाको दरबन्दी रिक्त छ। तीन वर्षअघि थपिएको कार्डियोलोजी विभागमा अहिलेसम्म चिकित्सक आएका छैनन्।
प्रदेश राजधानी रहेको धनगढीमा निजी क्षेत्रको लगानीमा दुई ठूला अस्पताल खुलेका छन्। धनगढीको हसनपुरमा तीन शय्याको भेन्टिलेटरसहित १० शय्याको आईसीयू भएको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर खुलेको छ।
चटकपुरमा त्यत्ति नै क्षमताको माया मेट्रो अस्पताल सञ्चालित छ। नवजीवन अस्पतालले ६ शय्याको आईसीयू सञ्चालनमा ल्याएको छ। यी सबै निजी अस्पतालको उपचार सेवा महँगो छ।
यता बेलायती मिसनले २०२२ सालमा डडेल्धुरामा खोलेको टिम अस्पताल अहिले डडेल्धुरा अस्पताल बनेको छ। अस्पतालका लागि सरकारले तीन सय शय्या स्वीकृति दिएकाे छ। त्यसमा १९ जना विशेषज्ञसहित १०९ स्वास्थ्यकर्मीको दरबन्दी छ। तर मेडिकल अफिसरसहित १० मात्रै चिकित्सक छन्।
महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालको अवस्था झन् समयदेखि दयनीय छ। जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नति भएको ३३ वर्ष भइसक्दा पनि दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक आएका छैनन्।
दुई करोडभन्दा बढी लगानीमा स्थापित आईसीयू सेवा सञ्चालन हुन नसकेको सूचना अधिकृत केशवदत्त अवस्थीले बताए। आईसीयू जनशक्ति अभावकै कारण सञ्चालन हुन नसकेको हो।
२८ चिकित्सक दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ र जनरल फिजिसियन गरी १२ जना चिकित्सक कार्यरत छन्। विशेषज्ञ चिकित्सक र शय्या अभावका कारणउपचारका लागि बिरामी भारत जानुपर्ने अवस्था छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित