इबाेलाका कारण साउदीले लगायाे कंगाेका नागरिकलाई प्रवेशाज्ञामा राेक
साउदी अरेबियाले कंगोबाट आफूकहाँ आउनेलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ। कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै साउदीले यस्तो निर्णय गरेको हो।
विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अवरोध नगर्न सिफारिस गरे पनि साउदीले यस्तो व्यवस्था लागू गरेको हो।
कंगोका केही मुस्लिमले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए। साउदीस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले पत्र पठाई तीर्थयात्री र अरूको सुरक्षाका कारण कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तीव्र भएको जनाउँदै आपत्काल भनी घोषणा गरेको थियो।
कंगो र आसपासका मुलुकमा इबोलाका कारण हालसम्म करिब एक हजार सात सय जनाको ज्यान गइसकेको छ। साउदीले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त