आगोमा परेर घाइते शिशुको उद्धार
खोटाङ : अगेनामा परी गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महिने एक बालकलाई उद्धार गरी उपचारका लागि कान्ति अस्पताल ल्याएको छ।
गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका प्रवीण राईलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर उपचारका लागि आइतबार उद्धार गरेको हो।
खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भिषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको एक लाख १३ हजार ३६५ रूपैयाँ हस्तान्तरण गरेका हुन्।
घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो।
आगोमा परेर गम्भीर घाइते बनेका प्रवीणको दायाँ र बायाँ दुवै हातको हत्केलामाथिको भाग डढेर डल्लो परेको छ भने निधारमाथिको भागसमेत डढेको छ । तीन छोरी र छ छोरामध्ये घाइते प्रवीण कान्छो सन्तान हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?