६ वर्षमा सर्पदंशका ७०० बिरामीकाे उपचार
कञ्चनपुर : नेपाली सेना तथा समुदायद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्र अनर्जुनी ब्यारेकमा छ वर्षमा ७०७ जनाले उपचार गराएका छन्।
२०७१ देखि अहिलेसम्म ४९६ जना महिला र २११ जना पुरुषले उपचार गराएको केन्द्रका नेपाली सेनाका प्राविधिक सुबेदार दीपेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कम बिषालु सर्पले टोकेका ३६४ महिला र १५६ पुरुषको उपचार गरिएको छ।
यस्तै विषालु सर्पले टोकेका सात जना पुरुष र २९ जना महिलाको उपचार गरिएको छ। यसैगरी, बिच्छी र अन्य विषालु किराले टोकेका १०३ महिला र ४८ जना पुरुषको उपचार गरिएको छ।
साउन महिनाको हालसम्म ३० जना सर्पदंशका बिरामीको उपचार गरिएको केन्द्रले जनाएको छ। सर्पदंशका बिरामीहरू अधिकांश ग्रामीण क्षेत्रका महिला हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?