Health TV Online
Health TV Online
Health TV Online

मुलुकको ठूलो अस्पतालमा नै स्वास्थ्यकर्मी अभाव

मुलुकको ठूलो अस्पतालमा नै स्वास्थ्यकर्मी अभाव

काठमाडौं : नेपालको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स र प्राविधिक अभाव छ। दुई हप्ताअघि निर्माण सम्पन्न भएको अस्पतालको १०० शय्याको नयाँ भवन जनशक्ति अभावका कारण प्रयोगमा आउन सकेको छैन।

२०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो।

अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा निर्देशक चिकित्सक केदार सेन्चुरीले नयाँ भवन बने पनि चिकित्सक, नर्स र आवश्यक उपकरण अभावमा सञ्चालन गर्न नसकेको बताए।

नयाँ भवन सञ्चालन एवं नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो। हालसम्म कुनै जानकारी नआएको निर्देशक सेन्चुरीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार