निःशुल्क स्वास्थ्य शिविरमा २०० ले गराए परीक्षण
काठमाडौं : काठमाडौं महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले परीक्षण गराएका छन्।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ। शिविर आरम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएका संघसंस्थाले निस्वार्थ भावले काम गर्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य बीना श्रेष्ठले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन विशेष गरी स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?