नेपाल बन्याे हेपाटाइटिस बी नियन्त्रण गर्ने देश
काठमाडौं : नेपालसहित बंगलादेश, थाइल्याण्ड र भुटान दक्षिण एसियामा ‘हेपाटाइटिस बी’ उल्मूलन गर्ने देश बनेका छन्।
विश्व स्वास्थ्य संगठनले यी दक्षिण–पूर्वी एसियाका देशमा हेपाटाइटिस बी नियन्त्रण भएको घोषणा गरेको हो।
यी देशमा पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस बी को संक्रमण एक प्रतिशतभन्दा कम रहेको संगठनले शुक्रबार घोषणा गरेको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बताइन्।
यो सफलता यी देशका बालबालिका र समग्र नागरिकको स्वास्थ्यका विषयमा स्वास्थ्यकर्मी र समुदायको प्रतिबद्धताको प्रमाण भएको सिंहको भनाइ छ।
नेपालसहित यी चार देशको ‘बच्चाको प्रतिरक्षा तथ्यांक’को समीक्षापछि हेपाटाइटिस बी नियन्त्रण प्रमाणीकरण गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको विशेषज्ञ टोलीले यी देशको सिफारिस गरेको थियो।
विगत लामो समयदेखि यी देशका ९० प्रतिशत शिशुमा हेपाटाइटिस बी भ्याक्सिन पुगेको पाइएको छ। यी देशमा पाँच वर्षका बालबालिकामा गरिएको अध्ययनले हेपाटाइटिस बीको प्रसार हुने दर एक प्रतिशत भन्दा कम रहेको देखाएको छ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका ११ देशमा ‘राष्ट्रिय खोप कार्यक्रम’ मार्फत बालबालिकालाई जन्मेको पहिलो वर्षमा ३ पटक हेपाटाइटिस बी भ्याक्सिन दिइएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?