१३० वर्ष पुग्यो वीर अस्पताल
काठमाडौं : देशकै पहिलो स्वास्थ्य संस्था वीर अस्पताल १३० वर्ष भएको छ। १९४७ साउन १२ गते १५ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल ३८० शय्या छ।
अस्पतालले २०७२ को भूकम्पअघि ४६० शय्यामा उपचार सेवा दिँदै आएको थियो।
अस्पतालले १९९० सालमै सिभिल मेडिकल स्कुलको सुरुवात गरेको थियो। २०५१ देखि पीजीएमइसीसीमार्फत एमडी एमएसको अध्ययन थालेकोे अस्पतालले २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना गरेको थियो। न्यामसमा हाल एमडी\एमएस, एमडीएस, डिएमएमसीएच साथै पीबीएन, एमएन, एनेस्थेसिया सहायक, एमआइटी लगायत विषय अध्यापन हुन्छ।
वीर अस्पतालको स्टाफ क्वार्टर तथा नर्सिङ क्याम्पस भएको १७ रोपनी जग्गामा हाल अत्याधुनिक सात तले ६५० शय्याको भवन बनिरहेको छ।
१३०औँ वार्षिकोत्सवको अवसरमा वीर अस्पतालमा आइतबार हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित