आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
काठमाडौं : आज जुलाई २८ अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिसबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी विश्वभर नै यो दिवस मनाईदैछ । नेपालमा पनि हेपाटाइटिसबारे चेतना फैलाउन विभिन्न संघ संस्थाले निशुल्क शिविर एवम अन्तरक्रिया कार्यक्रम गर्दैछन्।
हेपाटाइटिस रोगको बारेमा जनचेतना र यसको उपचारमा सबैको पहुँच पुर्याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस कलेजोलाई संक्रमण गर्ने रोग हो । भाइरसको संक्रमणका कारण बिरामीको कलेजोमा असर पुगी काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो ।
हेपाटाइटिसका हालसम्म ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । हेपाटाइटिस बी भाइरस पत्ता लगाउने बैज्ञानिक बरुच स्यामुअल ब्लूमवर्गको सम्झनामा हरेक बर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?