गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाइ सेवा
जुम्ला : जिल्लाका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाइ सेवाले निरन्तरता पाउने भएको छ। जुम्लाका ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलालाई लक्ष्य गरी यस्तो व्यवस्था गरिएको हो।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख भएअनुरूप जुम्लामा गत वर्षदेखि निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिक रूपमा निःशुल्क हवाइ उद्धार सेवा सञ्चालनमा आएको हो।
लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमा बच्चाको मृत्यु भएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा हवाइ सेवा मार्फत निःशुल्क उद्धार गरिने छ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले रक्तअल्पता भएका, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई सहजै रूपमा निःशुल्क हवाइ सेवाबाटै उद्धार गरिने बताइन्।
यो कार्यक्रमलाई लक्ष्य गर्दै प्रत्येक वडामा हेलिप्याड बनेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त