Health TV Online
Health TV Online
Health TV Online

जाजरकोट अस्पतालमा औषधि अभाव

जाजरकोट अस्पतालमा औषधि अभाव

जाजरकोट : कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। अस्पतालमा एक महिनादेखि औषधि अभाव भएको हो।

अस्पतालमा सिफेकजन, एमपी, कोलकसा, पाराफ्लाम, डीएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम ,मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधि अभाव छ। बिमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन्।

दैनिक पुर्जी लिएर फार्मेसीमा पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा खरिद गर्न बाध्य भएको बिरामीका आफन्त बताउँछन्।

अस्पतालका प्रमुख डा. केसर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताए। कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुञ्जेल चलाउन नपाउने भएकाले समस्या भएको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार