गंगालाल अस्पतालको आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु
काठमाडौं : बाँसबारीस्थित गंगालाल राष्टिय हृदय केन्द्रले आजदेखि आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु गरेको छ। नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गंगालाल अस्पतालले मुटुरोगको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले भने , ‘यस अस्पतालबाट धेरै मुटुरोगीले नयाँ जीवन पाएका छन्। अब जनचेतना बढाउन पनि काम गर्नुपर्ने देखिन्छ ।’
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले गंगालाल अस्पतालले समयमै बहिरंग एवम आकस्मिक कक्ष भवन बनाउन सकेको भन्दै अब सेवा दिन सहज हुने बताए ।
भवन उद्घाटन कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको समेत उपस्थिति थियो ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त