‘हेड एण्ड नेक’ क्यान्सरको ९० प्रतिशत कारण सुर्तीजन्य पदार्थ
काठमाडौं: नेपालमा हेड एण्ड नेक क्यान्सरका बिरामी दिनप्रतिदिन बढदै गएको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन्। विश्व हेड एण्ड नेक क्यान्सर दिवसको पूर्व सन्ध्यामा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आयोजना गरेको सर्भाइभर मिट तथा पत्रकार सम्मेलनमा उनीहरुले सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक वर्ष दश प्रतिशतले हेड एण्ड नेक क्यान्सर बढेको भन्दै चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका हेड एण्ड नेक क्यान्सर विशेषज्ञ डा प्रभात चन्द्र ठाकुरले नेपालमा ९० प्रतिशत मुख तथा घाँटीको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताए । उनले भने, ‘सुर्तीजन्य पदार्थ जस्तै पान, गुट्खा, सुर्ती, चुरोट र त्यो सँगै मदिराको सेवनका कारण मुख तथा घाँटीमा हुने क्यान्सर ह्वात्तै बढेको छ । अन्य दश प्रतिशत वातावरण एवम वंशाणुगत वा अन्य कारण हुनसक्छ ।’
डा ठाकुरले हेड एण्ड नेक क्यान्सर पछिल्लो समय पुरुषहरुमा बढी लाग्ने फोक्सोको क्यान्सरको हाराहारीमा आउन थालेको भन्दै सुर्तीजन्य पदार्थको सेवन मात्र घटाउन सके यो क्यान्सर आफै घट्ने बताए । हेड एण्ड नेक क्यान्सर भन्नाले मुख, गिंजा, जिब्रो, घाँटी, थाइराइड लगायतका क्यान्सर पर्छन। यी मध्ये नेपालमा पहिलो नम्बरमा मुखको क्यान्सर, दोस्रोमा घाँटीको क्यान्सर र तेस्रो नम्बरमा थाइराइड क्यान्सर रहेको डा ठाकुरले जानकारी दिए ।
हेड एण्ड नेक क्यान्सरको उपचार गराउने मध्ये ८० प्रतिशत पूर्वी तराइका बासिन्दा भएको पनि डा ठाकुरले जनाकारी दिए । उनले भने,’ पूर्वी तराईमा असाध्यै धेरै सुर्ती एवन गुट्खा खाने चलन छ यसैले पनि उनीहरुमा मुखको क्यान्सर धेरै छ । उनले अन्य क्यान्सरको उपचार नेपालमा सम्भव भए जस्तै हेड एण्ड नेक क्यान्सरको सम्पूर्ण उपचार नेपालमै हुने र शुरुकै अवस्थामा आए पूर्ण रुपमा निको पार्न सकिने बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?