विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी
रूपन्देही : विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्।
रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवाका दुई परिवारका १६ जना बिरामी परेका हुन्।
रोहिणी गापा १ चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका सात जना बिरामी परेका हुन्। त्यस्तै सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि एकै परिवारका ९ जना बिरामी परेका हुन्।
विषालु च्याउ खाँदा बिरामी भएपछि उनीहरू भैरहवास्थित भीम अस्पतालमा उपचारत छन्। बिरामी हुनेमा बालबालिकादेखि वृद्धसम्म छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?