आखाँदान समाजलाई भौतिक सामग्री हस्तान्तरण
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामग्री उपलब्ध गराएको छ।
‘आखाँदान महादान’ भन्ने विश्वव्यापी नारालाई आत्मसात गरी सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्मूलन गर्ने उद्देश्यअनुरूप स्थापित नेपाल आखाँदान समाजलाई भौतिक सामग्री प्रदान गरेको बैंकको मानभवन शाखाले जनाएको छ।
यी सामग्रीहरू बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका अन्य वरिष्ठ पदाधिकारी पनि उपस्थित थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?