Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा सुत्केरीकाे मृत्यु : विराेधमा सडक अवरूद्ध

अस्पतालमा सुत्केरीकाे मृत्यु : विराेधमा सडक अवरूद्ध

काठमाडौं : त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोटगढी ७ कास्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका छन्। स्थानीयले शुक्रबार बिहानै देखि मृतक महिलाको घर नजिकैको सडकमा टायर बालेर सडक अवरुद्ध पारेका हुन्।

बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन्। अस्पतालले शिशुलाई थप उपचारका लागि काठमाडौ‌ं पठाएको थियाे भने आमालाई सामान्य छन् भन्दै राखेको थियो। अत्यधिक रक्तस्राव भएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखेको आफन्तको आरोप छ।

बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन्।

अत्यधिक रक्तश्रावका कारण बिहीबार उनको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ। अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्‌याउँदा उनको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए।

सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु विरोधमा उत्रिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार