गाउँपालिकाको पहलमा जडिबुटी खेती
कास्की : जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ।
नेपालका संरक्षित वनस्पतिको सूचीका रूपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो।
हिमालयन सतुवा एण्ड फार्मका रुपमा संस्थागत तवरले सात स्थानीयवासीको सक्रियतामा सतुवा खेती थालिएको पर्यटन व्यवसायी एवं संस्थाका अध्यक्ष नजरमान गुरुङले जानकारी दिए। सतुवा समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने जडीबुटी हो। विशेषगरी एक हजार ६०० मिटरको उचाइ सतुवाका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
गुरुङका अनुसार केही वर्षअघि सम्म छोम्रोङ आसपासका जङ्गलमा पर्याप्त मात्रामा सतुवा पाइन्थ्यो। केही वर्षयता भने बढ्दो चोरी सिकारीको क्रमसँगै यो सीमित भागमा मात्रै पाइन थालेको छ ।
सतुवाको बीउका लागि जिल्ला वन कार्यालय कास्कीले दुई लाख ९७ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त