कालाजार रोग नियन्त्रण गर्न भुसुना नियन्त्रण अभियान
ओखलढुंगा : कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा रोग सार्ने भुसुना नियन्त्रण अभियान शुरु गरिएको छ।
गाउँपालिकाको वडा नं.२ बाक्सामा सो अभियान थालिएको वडाध्यक्ष उमेश कार्कीले बताए। वडाको तल्लो भेगका कार्कीबेँसी, ल्याबा, लाफे, सालघारी, भँगेरी चउर, सिन्जु, कोकसेपु, लंकालगायत क्षेत्रमा भुसुना मार्ने औषधि छर्ने अभियान थालिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।
बाक्साका चारजनालाई औषधि छर्किने टोली तयार गरी तालिम दिएर काममा लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट भुसुना मार्ने औषधि र उपकरण उपलब्ध भएपछि औषधि छर्किने काम थालिएको गाउँपालिका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए।
पोथी भुसुनाले बिरामीलाई टोकेर निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने विशेषज्ञको भनाइ छ। कालाजार रोग लागेका बिरामीमा दुई साताभन्दा लामो समय ज्वरो आउने, पेटको बायाँ भाग फुल्ने, संक्रमित भई छाती दुख्ने, जिउ गल्ने र कमजोर हुँदै जाने लक्षण देखिने चिकित्सकहरू बताउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?