स्वास्थ्यमा ३५ अर्ब आवश्यक : राज्यमन्त्री डा. यादव
काठमाडौं : स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कम भएको गुनासो गरेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार गरेको कार्यक्रममा राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न ३५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए।
‘विनियोजित पैसा तलब, सेवा, सुविधा तथा केही मात्र पूर्वाधार विकासमा खर्च हुन्छ। कसरी दिगो विकास लक्ष्य हासिल हुन्छ’, उनले प्रश्न गरे।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य अनुसन्धानलाई आवश्यक पर्ने बजेट मन्त्रालयले प्रदान गर्न कञ्जुस्याइँ नगर्ने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?