नेपालमा नसर्ने रोग लागेकाको सङ्ख्या बढ्दो
काठमाडौं : बदलिँदो रहनसहन र खानपानका कारण मिर्गौला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीको संख्या बढेको एक अध्ययनले देखाएको छ।
जनसंख्यामा आधारित रहेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर अनुसन्धानले चार प्रकारका रोगी बढिरहेको देखाएको हो।
सन् २०१६ बाट शुरु भई सन् २०१८ मा ७२ जिल्लाका २० वर्षमाथिका १३ हजार बिरामीमा गरिएको अनुसन्धानले कर्णाली प्रदेशमा र प्रदेश नम्बर २ मा यी चार प्रकारका रोगी उच्च भेटिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइयो।
प्रारम्भिक प्रतिवेदनले कुल मृत्युमध्ये ती रोगको भार १० प्रतिशत रहेको उल्लेख गरेको छ। परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले सरुवाभन्दा नसर्ने रोगीको सङ्ख्या र मृत्युसमेत बढेको जानकारी दिए। उनले सरकारले लगानी बढाउन सुझाव दिए।
सरकारले मिर्गौला, मुटु, क्यान्सर रोगीका उपचार गर्न केही आर्थिक सहयोगसमेत गर्ने गर्छ। कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान रणनीति २०७६ सार्वजनिक गरिएको थियो।
स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाउँदै अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित स्वास्थ्य पद्धतिको विकास गर्ने मुख्य ध्येयले परिषद्ले स्वास्थ्य सेवा संघीयतामा गइसकेपछि पहिलोपटक सो रणनीति जारी गरेको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?