स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनबाट आएका अनुसन्धानलाई नीति तथा कार्यक्रममा राख्न परिषदको आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनबाट आएका तथ्यहरुलाई स्वास्थ्यका कार्यक्रममा राख्न आग्रह गर्दै सो तथ्यहरु परिषदले मन्त्रालयलाई बुझाएको छ । परिषदले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा उठेका विभिन्न क्षेत्रका पाँच वटा रिसर्च पेपर स्वास्थ्यका कार्यक्रम तथा योजनामा राख्नपर्ने भन्दै सो अनुसन्धान बुझाएको हो ।
विहिबार परिषदले आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष प्राडा अन्जनी कुमार झाले पहिले पहिले सम्मेलन गरेर यत्तिकै छोड्ने गरेको भन्दै यसपटक देखि सम्मेलनबाट आएका मुख्य अनुसन्धानलाई स्वास्थ्यका नीति तथा कार्यक्रममा राख्नका लागि भन्दै स्वास्थ्य मन्त्रालयलाई बुझाएको बताए । उनले थपे, ‘अनुसन्धान गरेर मात्रै हुँदैन त्यसबाट आएका महत्वपूर्ण तथ्यहरु नीति तथा कार्यक्रममा आउनुपर्छ र यो महत्वपूर्ण हुन्छ भनेर हामीले यसको शुरुवात गरेका हौं ।’
गत चैतमा परिषदले गरेको सम्मेलनबाट उठेका नेपालमा मातृ,शिशु तथा बालबालिका स्वास्थ्य, यूनिभर्सल हेल्थ कभरेज, नसर्ने रोगको भार, मातृ मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम, नेपालमा भेक्टर बर्न डिजिज गरी यी पाँचवटा मुख्य अनुसन्धानलाई स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई बुझाइएको हो ।
कार्यक्रममा राज्यमन्त्री यादवले सम्मेलनबाट उठेका यी अनुसन्धानले स्वास्थ्यको नीति तथा कार्यक्रम एवम योजना बनाउन निकै सजिलो बनाउने बताए । स्वास्थ्यमा नीति तथा कार्यक्रम बनाउनका लागि अनुसन्धान निकै महत्वपूर्ण हुने भएकाले यसले कार्यक्रम ल्याउन निकै सहज हुने भन्दै अनुसन्धानमा अझै जोड दिनुपर्ने बताए । उनले यसका लागि बजेट अभाव नहुने र मन्त्रालयले सहयोग गर्ने समेत आश्वासन दिए ।
यसैगरी राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झाले स्वास्थ्य सेवा गाउँगाउँसम्म पुर्याउन हेल्थ फर अल भन्ने नारा मात्रै राखेर नपुग्ने भन्दै सेवा सबैको पुहुँचमा हुनुपर्ने बताइन्। उनले भनिन, अझै पनि स्वास्थ्य सेवा पाउने ९४ प्रतिशत मात्रै छन् बाँकी ६ प्रतिशतले पनि पाउने गरी सेवा प्रवाह गर्न जरुरी छ । त्यसका लागि यस्ता अनुसन्धानहरुले सहयोग गर्ने उनले जीकिर गरिन ।
कार्यक्रममा स्वास्थ्य सचिव राम प्रसाद थपलियाले अर्थ मन्त्रालयले स्वास्थ्यमा बजेट खर्च किन गर्न सक्दैन भनेर प्रश्न गर्ने गरेकाे प्रसंग उठाउँदै यसपटक देखि यस्तो प्रश्न आउन नदिने गरी कार्यक्रम बनाइएको बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी जोस भेन्डेलरले स्वास्थ्यका अनुसन्धानमा आफूहरु सधैं सहयोग गर्न तयार रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
किष्ट अस्पतालद्वारा २ सय जना अंगदातालाई सम्मान