तनाव कम गर्न योग शिविर
चितवन : नेपाली कांग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरूको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर सम्पन्न गरेको छ।
पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै असल नेताका रूपमा उभ्याउन सहज हुने भन्दै शिविर सञ्चालन गरिएको हो ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिङ्गो पार्टीसँगै देश बनाउन लाग्नु आवश्यक रहेकाले शिविर आयोजना गरिएको बताए।
शिविरमा ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिँदै मानिसको जीवनमा दुई तरिकाको तनाव हुने भन्दै यसको व्यवस्थापमा आफैँले ध्यान दिन आवश्यक रहेको बताए। बाह्य तथा आन्तरिक तनावका कारण मानव जीवन दुःखमय बनेको सो अवसरमा जानकारी दिइएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण